Day: २३ माघ २०८१, बुधबार

१४ वर्षमा पनि बनेन लम्सुवाघाट पुल

१४ वर्षमा पनि बनेन लम्सुवाघाट पुल

समाचार
उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ। करिव चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो। लम्सुवाघाटमा वि।सं। २०६७ सालबाट पुल निर्माण थालिएको थियो। छ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए। ‘पुल निर्माणको काम १४ वर्षबाट अलपत्र छ, वडाध्यक्ष विसुन्केले भने, ‘राज्यको करिव चार करोड खर्चपछि काम अलपत्र पारिएको अवस्था छ। यो पुल बनिदिए स्थानीयबासीलाई राहत हुने थियो।’ यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो। निर्माणको क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनु पर्ने षडानन्द ६ का स्थानीयबासी सीताराम लम्सालले बताए। पुक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ। ‘निर्माणको क्रममा लम्सुवाघाट पक्की...
गृहमन्त्रीको राजीनामा माग्दै दलित अधिकारीकर्मीद्वारा माइतीघरमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै दलित अधिकारीकर्मीद्वारा माइतीघरमा प्रदर्शन

Breaking News 2, धर्म संस्कृति, राजनीति, समाचार
जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारर्कीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको विरोधमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागेका छन्। अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलगायतले दोषीमाथि कारबाही र पीडित युवकलाई न्यायका लागि माग गरेका छन् ।...
महिला क्रिकेट टिम पाँचौँ खेलमा पनि नेपाल पराजित

महिला क्रिकेट टिम पाँचौँ खेलमा पनि नेपाल पराजित

खेलकुद, ताजा अपडेट, समाचार
त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालमाथि नेदरल्यान्ड्सले १० विकेटको जित निकालेको छ । पूजा महतोले अर्धशतक बनाए पनि बलिङ फितलो हुँदा नेपालले शृंखलामा अर्को हार व्यहोरेको हो। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । जितसँगै नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालको भने सम्भावना समाप्त भइसकेको छ । पाँच खेलमा तीन जितसँगै नेदरल्यान्ड्सले ६ अंक जोडेको छ । अब नेदरल्यान्ड्सले बिहीबार चार खेलमा आठ अंक जोडेको थाइल्यान्डको सामना गर्नेछ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो । नेदरल्यान्ड्सले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज