Advertisement

Day: १५ कार्तिक २०८१, बिहीबार

तिहारका लागि २५ करोडको बत्ती आयात

तिहारका लागि २५ करोडको बत्ती आयात

Breaking News 2, ट्रेन्डिङ, धर्म संस्कृति, समाचार
काठमाडौँ । व्यवसायीहरूले यो वर्षको तिहारका लागि २५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती मगाए पनि असोजको दोस्रो साता आएको बाढीले केरुङ नाकाको राजमार्ग अवरुद्ध भएका कारण के कति आइपुग्यो भन्ने यकिन तथ्यांक नभएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रमेश देवकोटाले बताएका छन् । भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्ष (२०८१/८२) को असोज मसान्तसम्ममा ४ करोड ७४ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । चालु आर्थिक वर्षमा चीन, बहराइन, इजरायल, ओमानलगायतका ८ मुलुकबाट यस्तो बत्ती आयात भएको विभागको तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै चीनबाट आयात भएको छ भने दोस्रोमा भारतबाट र तेस्रोमा कतारबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट ४ करोड ४३ लाख ७४ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ३० लाख रुपैयाँको, कतारबाट २६ हजार रुपैयाँ, बहराइन र साउदी ...
तिहारमा पटका पट्काउँदा प्रदूषण

तिहारमा पटका पट्काउँदा प्रदूषण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार
काठमाडौँ – वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन्। पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुलोका कणहरू वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्। वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरूले हावा प्रदूषित बनाउने र यसले श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन नहुने बताए। ‘दीपावालीमा धेरैजसो बालबालिका पटका पट्काउन संलग्न हुने गर्छन्, पटकाका नजिक उनीहरु बस्छन्। यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ,’ उनले भने, ‘पटका पट्काउँदा आउने ठूलो आवाजले जनावरहरूमा तनाव पैदा गर्नाका साथै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याउन सक्छ।’ जलवायु परिवर्त...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज