Advertisement

Day: १४ कार्तिक २०८१, बुधबार

सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव संसदीय समितिबाट अनुमोदन

सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव संसदीय समितिबाट अनुमोदन

समाचार
काठमाडौं । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ । उनीउपर आज संसदीय सुनुवाइ भएको थियो । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेकी थिइन् ।...
गण्डकीका मुख्यमन्त्री पाण्डेसँग प्रशस्त पैतृक सम्पत्ति

गण्डकीका मुख्यमन्त्री पाण्डेसँग प्रशस्त पैतृक सम्पत्ति

Breaking News 2, गण्डकी, ताजा अपडेट
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आफैंले तोकेको समयसीमा कटेपछि उनीहरुले बल्ल बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पैतृक सम्पत्ति नै धेरै देखिएको छ । गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उनले उल्लेख गरेका छन् । पाण्डेको नाममा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा ४ कित्तामा जग्गा छ भने कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरणमा खुलाएका छन् । यसअघि सम्पत्ति विवरण बुझाउँदा उनीसँग ४२ तोला सुन, ५ सय तोला चाँदी थियो । अहिले त्यसमा ३ तोला सुन र २ सय तोला चाँदी बढेको उनको सम्पत्ति विवरणबाट खुल्छ । उनीसँग २ सेट हिरा र १ सेट मोती पनि छन् । व्यवसाय, ...
रेड पाण्डाको छालासहित एक जना पक्राउ

रेड पाण्डाको छालासहित एक जना पक्राउ

समाचार
काठमाडौं । रेड पाण्डाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका-३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा छन् । उनलाई मंगलबार दिउँसो प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुले पक्राउ गरेको हो । रेड पाण्डाको छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।...
दुग्ध किसानको अर्ब भुक्तानी भएन, चाडमा दूध र दुग्धजन्य पदार्थ प्रयोग गर्न अपिल

दुग्ध किसानको अर्ब भुक्तानी भएन, चाडमा दूध र दुग्धजन्य पदार्थ प्रयोग गर्न अपिल

ब्यापार, समाचार
काठमाडौं । दुग्ध किसानको अर्ब बढी बक्यौता भुक्तानी नभएर समस्या बल्झिएका बेला सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आसन्न चाडपर्वमा नेपालमै उत्पादित दूध तथा दुग्धजन्य पदार्थ, मह, अन्डा, मासु साथै फलफूल प्रयोग गर्न अपिल गरेका छन् । कृषिमन्त्री अधिकारीले तिहार तथा नेपाल संवत् नयाँ वर्ष तथा छठ पर्वको शुभकामना दिँदै यस्तो अपिल गरेका हुन् । ‘तपाईंहरूको सानो सहयोगले कृषि पेसामा संलग्न हाम्रा दिदीबहिनी तथा दाजुभाइहरूलाई ठूलो हौसला मिल्ने छ,’ मन्त्री अधिकारीले जारी गरेको शुभकामना सन्देशमा छ । मन्त्री अधिकारीका अनुसार रोजगारी र अवसरका लागि विदेशिने क्रममात्र चलेको छैन, देशमै केही हुन्छ र गर्नुपर्छ भन्ने सोच पनि बढ्दै गएको छ । त्यसकै मिहिनेत र पौरखका कारण नेपाल मासु, अन्डामात्र होइन, दूध तथा दुग्धजन्य पर्दाथमा बिस्तारै आत्मनिर्भर बन्दै गएको छ । तरकारी, फलफूल तथा अन्नबाली उत...
रत्ननगरमा १ करोड ५० लाखको लगानीमा कृषिमार्ट सञ्चालन

रत्ननगरमा १ करोड ५० लाखको लगानीमा कृषिमार्ट सञ्चालन

बागमती, ब्यापार
रत्ननगर । रत्ननगरको टाँडी बजारमा १ करोड ५० लाखको लगानीमा जनजागृति सहकारी संस्था लि.ले सहकारी कृषिमार्ट सञ्चालनमा ल्याएको छ । मार्टको बुधबार रत्ननगर नगर पालिकाका मेयर प्रलाद सापकोटाले औपचारिक उद्घाटन गरेका हुन् । ४० लाख रत्ननगर नगरपालिका र १ करोड १० लाख सहकारीले लगानी गरेर मार्ट संचालनमा ल्याएको सहकारीका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए । मार्टमा स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको पौडेलको भनाई छ । मार्ट मा दैनिक उपभोग्य वस्तु खाद्यान लगायत स्थानिय स्तरमा उत्पादित सामाग्री उपलब्ध हुने पौडेलले बताए । उद्घाटन कार्यक्रममा नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक , वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिमिरे , वडा नम्बर ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल,जिल्ला सहकारी संघ चितवनका वरिष्ठ उपाध्यक्ष प्रेम दुवाडी , पंचकन्या जल उपभोक्ता संघका अध्यक्ष विष्ण...
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुँदै, मह उत्पादनलाई प्राथमिकता

ताजा अपडेट, बागमती, ब्यापार, समाचार
खैरहनी । उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले कृषि, पर्यटन र संस्कृतिको क्षेत्रलाई प्राथमिकता दिँदै महोत्सव आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ । करिब एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए । ‘पर्यटन, कृषि, उद्योग र व्यापार, खैरहनी नगर विकासको मूल आधार’ भन्ने मूल नाराकासाथ तेस्रो खैरहनी महोत्सव–२०...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज