Advertisement

कम हुँदै कोरोना सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १७४ सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ५९ हजार २२२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८२ हजार ९७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १२ हजार ७१२ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 हाल नेपालमा ३२ हजार ७४४ जना होम आइसोलेशन, तीन हजार ५२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ६२५ जना आइसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर ३४३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ७९६ जना छन् ।

 नेपालमा कोरोना सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७१४ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज