Advertisement

Day: २७ माघ २०८१, आईतवार

एलओडीको वार्षिकोत्सवमा पूर्ण राई एण्ड दाजुभाइको गीतसँगै झुम्मिए दर्शक

एलओडीको वार्षिकोत्सवमा पूर्ण राई एण्ड दाजुभाइको गीतसँगै झुम्मिए दर्शक

मनोरञ्जन, समाचार
काठमाडौँ | ठमेलस्थित एलओडी क्लबले छैठौँ वार्षिकोत्सव मनाएको छ । क्लब स्थापना भएको ६ वर्ष पुगेको अवसरमा ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाइरहेको छ । शनिवार साँझ क्लबमा पहिलो दिन पूर्ण राई एण्ड दाजुभाइ, श्रीगो एण्ड द गेन र लिसियस डिजेले प्रस्तुति दिएका थिए । एलओडी क्लबको आफ्नो पहिचान भएकाले क्लबले ६ दिनसम्म वार्षिकोत्सव मनाएको क्लबका निर्देशक भूपेन कुँवरले बताए । उनका अनुसार ६ वर्ष ६ दिन भनेर वार्षिकोत्सव मनाइएको हो ।  क्लबले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिन लागिएको उनको भनाइ छ । 'रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गराएको छ,' उनले भने, 'हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राखेका छौं । विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन् । अहिले विभिन्न मु...
जसपा संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

जसपा संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

राजनीति, समाचार
काठमाडौं । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ । बैठक संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा अध्यादेशबारे अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल हुने नेताहरुले जनाएका छन् । जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशहरूबारे अध्ययन गरेको छ । उक्त कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो । विज्ञसँगको छलफलको आधारमा कार्यदलले तयार पारेको सुझावसहितको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनउपर गत शुक्रबार समेत छलफल भएको थियो ।...
दर्ताबिना सञ्चालित जनकपुरका अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

दर्ताबिना सञ्चालित जनकपुरका अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

ताजा अपडेट, मधेस प्रदेश, समाचार, स्वास्थ्य
जनकपुरधाम | जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पूरा नगरी जनकपुरधाममा खोलिएका निजी अस्पतालहरूलाई आइतबारसम्म आफैँले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शनिबार जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा शनिबार अनुगमन गरेका मुख्यमन्त्री सिंहले बहुसंख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन भइरहेको पाइएको बताए। उनले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर अस्पताल बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहले शनिबार अनुगमन गरेका निजी अस्पतालमा जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल ह...
‘आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति नभएको’

‘आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति नभएको’

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । खानेपानी मन्त्रालयले शनिबार सिंहदरवारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति नभएको उल्लेख गरेको छ । आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखबाट घटनाको स्थलगत निरीक्षण गरी क्षतिबारे जानकारी लिने काम भएको थियो । घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी तथा बारुणयन्त्र (दमकल) को सहायतामा करिब १५ मिनेटमा उक्त आगलागी नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ । आगलागीबाट मन्त्रालयका अतिआवश्य...
चितवनमा मिनी ट्रक दुर्घटना हुँदा १९ खसीबोका मरे

चितवनमा मिनी ट्रक दुर्घटना हुँदा १९ खसीबोका मरे

Breaking News 2, समाचार
चितवन | चितवनमा पशुचौपाया बोकेको मिनी ट्रक दुर्घटना भएको छ। दुर्घटनामा १९ वटा खसीबोका मरेको चितवन प्रहरीले जनाएको छ। १४३ खसीबोका बोकेको बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक इच्छाकामना गाउँपालिका-४ लेवाटारमा टुर्घटना हुँदा १९ वटा खसीबोका मरेका हुन्।  बिहान साढे ६ बजेतिर उक्त दुर्घटना भएको हो। ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। आजै बिहान नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस नारायणघाट मुग्लिन सडक खण्डको भरतपुरस्थित सेतीदोभानमा दुर्घटना थियो। दुर्घटनामा  २४ जना घाइते भएका छन् । आइतबार बिहान पौने पाँच बजे  लु.प्र.०३-००१ख ००७७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।...
“जय कंकाली माता” बोलको भजन सार्वजनिक

“जय कंकाली माता” बोलको भजन सार्वजनिक

धर्म संस्कृति, बागमती, मनोरञ्जन, समाचार
चितवन | "जय कंकाली माता" बोलको भजन सार्वजनिक गरिएको छ। स्थानीय धार्मिक शक्तिपीठको प्रवर्तन र संरक्षणमा भजन तयार पारिएको हो। भजनलाई कालो कमिला युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। नारायण प्रसाद न्यौपानेको परिकल्पना तयार भएको भजनमा अनिल कुँवरको शब्द रहेकाे छ। भजनको संगीत तीर्थराज पोखरेलले तयार पारेका हुन्। राष्ट्रिय गायक राज सिग्देल, तीर्थराज पोखरेल, विपिन घिमिरे, राधिका भण्डारी, र शिला बिष्टको स्वर भजनमा सुन्न पाइन्छ। चैनपुर चितवनमा रहेको कंकाली मन्दिरको प्रचारप्रसार गर्न उद्देश्यले भजन तयार पारिएको हो। भजनले स्थानीय शक्तिपीठ प्रवर्तनमा सहयोग पुर्याउने कालो कमिला समूहले विश्वास लिएको छ। यसअघि कालो कमिला युट्युब च्यानलबाट "जय होस्, विजय होस्" गीत सार्वजनिक भइसकेको छ। प्रेमिल भावमा तयार पारिएको "तिम्रो मायामा" गीत अहिले पनि चर्चामै छ। कालो कमिला युट्युब च्यानले अन्य श्रव्यदृश्य सामग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज