Advertisement

Day: १९ माघ २०८१, शनिबार

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार आन्तरिक स्थानान्तरणको कामका लागि सबै तयारी पूरा गरिएको छ । प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट गैँडा स्थानान्तरणको तयारी सुरू गरेको उनले बताए । निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने छ । उनले भने, “अहिले हामीले दुईवटा भाले र दुई वटा पो...
साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु

साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु

Breaking News 1, समाचार
काठमाडौँ | साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको कर्मचारी यादवले जानकारी दिए । घटना मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने यादवले बताए । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् । दुर्घटनामा १५ नागरिक मारिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । दक्षिणी बन्दराह सहर जिजानमा २६ कामदार ...
अमेरिकाको पेनसेल्भेनिया राज्यमा अर्को एक व्यापारिक बिमान दुर्घटनाग्रस्त

अमेरिकाको पेनसेल्भेनिया राज्यमा अर्को एक व्यापारिक बिमान दुर्घटनाग्रस्त

Breaking News 1, समाचार
एजेन्सी |अमेरिकाको पेनसेल्भेनिया राज्यको उत्तरपूर्वी फिलाडेल्फिया शहरको एक बिशाल बजार (मल) नजिकै व्यापारिक बिमान दुर्घटनाग्रस्त भएको छ । फिलाडेल्फिया शहरको रुजवेल्ट बिशाल बजार (मल) नजिकै उत्तरपूर्वी फिलाडेल्फियामा दुई इन्जिन (यन्त्र)भएको व्यापारिक जेट (बिमान)दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएको सिएनएनले उल्लेख गरेको छ । “जनवरी ३१, शुक्रबार स्थानीय समय अनुसार साँझ ६ः३० बजेतिर उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लिअरजेट ५५ दुर्घटनाग्रस्त भएको संघीय उड्डयन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । विमानमा दुई जना सवार थिए । उनीहरु मिजौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको एफएएले बताएको छ । पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले फिलाडेल्फियाका नगर प्रमुख सँग कुरा गरेको बताए । शहरको आपतकालीन व्यवस्थापन कार्यालयले सामाजिक संजाल एक्समा यो कोटम्यान र बस्टल...
टी-२० श्रृङ्खला :आज थाइल्याण्डसँग खेल्दै नेपाल

टी-२० श्रृङ्खला :आज थाइल्याण्डसँग खेल्दै नेपाल

Breaking News 2, खेलकुद, समाचार
काठमाडौँ |  त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार नेपालले थाइल्याण्डसँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ। पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल शनिबार थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ। यसअघि शुक्रबार भएको खेलमा थाइल्याण्डले विजय शुरुवात गरेको थियो।...
आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो

आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो

समाचार
काठमाडौं | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, राति भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। विशेष गरी बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले ...
शनिबार कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

शनिबार कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

अर्थ, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य एकको खरिददर १३८ रुपियाँ २८ पैसा र बिक्रीदर १३८ रुपियाँ ८८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपियाँ ४८ पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ ३४ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ९४ पैसा र बिक्रीदर आठ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज