Advertisement

Day: ३ आश्विन २०८१, बिहीबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

समाचार
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंकानुसार आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको छ । 'आज उल्लेखनीय वर्षाको सम्भावना छैन, भोलि शुक्रबार कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ', उनले भने । आज काठमाडौँको अधिकतम तापक्रम ३१ डिग्रि...
कैलाली कारागारमा थुनुवाकाे मृत्यु

कैलाली कारागारमा थुनुवाकाे मृत्यु

समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको जिल्ला कारागारभित्रै मंगलबार एक थुनुवाको मृत्यु भएको छ। कारागारभित्रै थुनुवाकाे मृत्यु भएपछि प्रशासनले लापरवाही गरेकाे भन्दै उनका आफन्त आक्राेशित भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा कैलालीकै घोडाघोडी नगरपालिका- ४ का २२ वर्षका दीपक विक रहेका छन्। साेमबार दिउँसो शौचालयमा लडेको अवस्थामा भेटिएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारमा रहेका उनको बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए। उनकाे मृत्यु के कसरी भयाे? भन्नेबारे अनुसन्धान भइरहेको बाेहराले बताए। यता, कारागारको लापरवाहीका कारण आफ्नो भाइले ज्यान गुमाएको दीपकका दाइ नेत्रकाे आराेप छ। केही समय पहिले बहिनी नातापर्ने नाबालिगलाई दीपकले विवाह गरेर भारतको बेंग्लोर लगेका थिए। दीपककै आफन्तले उ...
नेपाल अपांगमैत्री पर्यटकीय गन्तव्य भएको सन्देश प्रवाह हुने अपेक्षा

नेपाल अपांगमैत्री पर्यटकीय गन्तव्य भएको सन्देश प्रवाह हुने अपेक्षा

Breaking News 2, ब्यापार, समाचार
काठमाडौं । अपांगता भएका १२ जनासहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। नेपालस्थित इजरायली राजदूतावासको समन्वयमा नेपाल आएको सो टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका हुन्। सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ। बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकप्टर मार्फत मनाङको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकप्टर मार्फत पोखरा र पोखराबाट काठमाडौं फर्कने तालिका छ। अपांगता भएका पर्यटकहरूको आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपांगमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश ...
गुलशनको सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल ओमनसँग पराजित

गुलशनको सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल ओमनसँग पराजित

खेलकुद, समाचार
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल फेरि ओमनसँग हारेको छ । गएराति सम्पन्न खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । ओमानका लागि अन्तिमसम्म खेलेका सकिल अहमद १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे ।  ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । कश्याप प्रजापतिले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिए । नेपालका लागि गुलसन झा एक्लैले पाँच विकेट लिए । त्यस्तै करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज