Advertisement

Breaking News 1

पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

पोखरा महानगरपालिकाका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

Breaking News 1, गण्डकी, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।...
अध्यादेशको अड्को थापेर उपेन्द्र कतारतिर

अध्यादेशको अड्को थापेर उपेन्द्र कतारतिर

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ | सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा अड्को थापेकै कारण राष्ट्रियसभाबाट पारित हुन सकेको छैन। राष्ट्रियसभामा ४ सिट रहेको जसपा नेपालले पारित नगर्ने बताएसँगै कांग्रेस–एमाले अध्यादेशलाई निर्णयार्थ पेस गर्न पछि हटेका छन्। सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा उपेन्द्र नेतृत्वको जसपा नेपालको असन्तुष्टि छ। जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश संशोधन नगर्ने अरू ५ अध्यादेशमा पनि साथ नदिने चेतावनी दिएका छन्। कांग्रेस-एमाले भने अध्यादेशलाई लिएर अन्योलमा छन्। अध्यादेश संशोधनका लागि कार्यदल समेत बनेको छ। अध्यादेश पारित गर्न समयको सीमितता रहेकाले चाँडो पारित गर्नुपर्ने कानुनी बाध्यता छ। तर, सत्तामै रहेको जसपा नेपालले असन्तुष्टि पैदा गर्नुले झनै समस्या देखिएको छ। अध्यादेशको विवाद टुंगोमा नपुगी उपेन्द्र भने कतार लागेका छन्। नेपाली सम...
बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना

Breaking News 1, बागमती, समाचार
काठमाडौँ, ७ फागुन | बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागुन ७ गतेको दिनलाई गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश प्रकाशन गर्नुहुँदै उहाँले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “स्वतन्त्रता र राष्ट्रहितका खातिर आफ्नो प्राणको आहुति दिनुभएका वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, सन्देशमा भनिएको छ । नेपालको इतिहासमा २००७ साल फागुन ७ गते एक महत्त्वपूर्ण दिनको रूपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “निरङ्कुशताविरुद्ध सङ्गठित रूपमा नेपाली जनता आन्दोलनमा होमिएर जहानियाँ राणा शासनलाई परास्त गर्न सफल भएको दिन गौरवपूर्ण र सुनौलो बिहानी बोकेको दिन हो ।” फागुन ७ को जगमा टेकेर आज ...
अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना

Breaking News 1, गण्डकी, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं | अर्थमन्त्री विष्णु पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन्। पोखरा भ्रमण वर्षको उद्‍घाटन कार्यक्रममा बेलुन उडाउने क्रममा पड्किदा अर्थमन्त्री पौडेल घाइते भएका थिए। उनलाई तत्कालै पोखरास्थित गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकको सल्लाहनुसार उनलाई काठमाडौं ल्याइएको थियो।आगोका कारण अर्थमन्त्रीको स्वास्थ्यमा केही असर परेको उनको सचिवालयले जानकारी दिएको छ। पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ। गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि उहाँलाई कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ,ु उनको सचिवालयले भनेको छ। त्यस्तै पखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका छन्। उनलाई पनि कीर्तिपुरस्थित बर्न अस्...
कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ। सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क छ। त्यसैगरी, कोशीले ५० दशमलव नौ, बागमतीले ४५ दशमलव छ, कर्णालीले ४१ दशमलव छ, गण्डकीले ४० दशमलव आठ र लुम्बिनीले ३५ दशमलव नौ अङ्क प्राप्त गरेको छ। कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशले ३० अङ्कमात्र पाएको छ। आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अङ्क दिएको हो। जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले स्थानीय तहलाई स...
एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन काठमाडौँमा

एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन काठमाडौँमा

Breaking News 1, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । अधिवेशनमा सङ्गठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजनासम्बन्धी छलफल गरिने सो पार्टीले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । महँगी नियन्त्रण, बेरोजगारी समस्या, राष्ट्रिय स्वाधिनता, आर्थिक समृद्धि, सुशासन कायम गर्ने, आर्थिक मन्दी जस्ता विषयमा छलफल गरिने कमिटी अध्यक्ष एवं पार्टी केन्द्रीय सचिव सावित्रा भुसालले जानकारी दिए । पार्टीले दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ भन्ने अधिवेशनको मूल नारा तय गरेको छ । पार्टीले कर्णाली र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ ।...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस तथा अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ। यस्तै आज दिउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बस्ने छ। राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० छलफल र पारितका प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।...
‘आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति नभएको’

‘आगलागीबाट महत्त्वपूर्ण कागजातमा क्षति नभएको’

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । खानेपानी मन्त्रालयले शनिबार सिंहदरवारस्थित मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । मन्त्रालयका उपसचिव भक्तराज जोशीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति नभएको उल्लेख गरेको छ । आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखबाट घटनाको स्थलगत निरीक्षण गरी क्षतिबारे जानकारी लिने काम भएको थियो । घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी तथा बारुणयन्त्र (दमकल) को सहायतामा करिब १५ मिनेटमा उक्त आगलागी नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ । आगलागीबाट मन्त्रालयका अतिआवश्य...
नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

Breaking News 1, ताजा अपडेट, समाचार
युक्रेनमा ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले दिएको जानकारीअनुसार ९ महिनादेखि युक्रेनी सेनाको नियन्त्रणमा रहेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पाको उद्धार गरिएको हो।  दलालको प्रलोभनमा परी उनीहरू नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए। गैरआवासीय नेपाली संघका अध्यक्ष केसीका अनुसार गत मे महिनादेखि उनीहरू युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए। उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छाडिदिएको छ। अब गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको फलाइट नम्बर टीके२७४ मार्फत माल्दोवाबाट शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले जानकारी दिए। उन...
सहकारी ठगीको आरोपमा जिसस प्रमुख थापा पक्राउ

सहकारी ठगीको आरोपमा जिसस प्रमुख थापा पक्राउ

Breaking News 1, अर्थ, समाचार
म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोपित जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । म्याग्दीका प्रहरी प्रमुख भरत श्रेष्ठले थापालाई आज बिहान साढे ५ बजे उनकै निवासबाट पक्राउ गरिएको टेलिफोनमा जानकारी दिए । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो। थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उक्त प्रतिवेदनमा औँल्याइएको थियो। एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । ०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गरेका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज