Advertisement

नेपाल राष्ट्रिय तामाङ घेदुङको निर्माणाधीन भवनको तेस्रो ढलान सम्पन्न

जेठ २९ काठमाडौँ।तामाङ समुदायको साझा संस्था नेपाल राष्ट्रिय तामाङ घेदुङको नेतृत्वमा निर्माणाधीन एकमात्र ऐतिहासिक तामाङ संस्कृतिक भवनको आज तेस्रो ढलान गरिएको छ। 

बिगत लामो समय देखि निर्माण कार्य थालेका तामङ भवनलाई  ३ न. प्रदेश सांसद हिमाली गोलेको पहलमा २० लाख रुपैया बजेट विनियोजित गरेपछि पछिल्लो चरण गति लिन थालेको राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिण बलले सुनापति न्युजलाई जानकारी दिनुभयो । 

राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बहादुर योन्जनले भवन निर्माणमा समुदाय स्तरमा सहयोगको धेरै हारगुहार गरे सबैको थोरै भए पनि लगानी भएमा समुदायको भवन प्रती माया जागिन्छकी भन्ने हेतुले तर समुदायबाट भनेको जस्तो सहयोग नआएको बताउदै सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनका धनी महानुभाव लगाएत सरकारका तिनै वटा निकायलाई धन्यवाद व्यक्त गर्दै धन भएर के गर्नु मन नभएसि धनका मालिक तामाङहरु संग आशा नगर्ने तामाङ जातिको इतिहास बचाउन आफू जुनसुकै परिस्थितिको सामना गर्ने बताउनु भयो ।

त्यसैगरी महासचिव बलले तामाङ जातीबाट धेरै सांसद र मन्त्री भए तर उहाँहरुले सधै आश्वासन दिने कहिकतै बाट एक रुपैया पनि आर्थिक छुट्याउने सकिन सांसदको छुट्टै सांसद कोषबाट छुट्याउन सकिन्थ्यो त्यो गर्नु भएन त्यसैल हामी सरकारको स्थानीय, प्रदेश र संघीय सरकार सम्म पुग्ने क्रममा ३ न. प्रदेश सांसद हिमाली गोलेले निर्माणाधीन भवनलाई २० लाख रुपैया बजेट विनियोजित भएपछि तेस्रो ढलान गरेको महासचिव प्रबिण बल्ले बताउनुभयो, उहाँको योगदानको राष्ट्रिय तामाङ घेदुङ तथा सिङ्गो तामाङ समुदायले उच्च मुल्यांकन गर्ने बताउदै बजेट पार्न सफल भएकोमा सांसद हिमाली गोले अनि साथमा नेपाल राष्ट्रिय तामाङ घेदुङका सल्लाहकार छिरिङ ध्वर्जे पाख्रीन र सुमन लामालाई बिशेष धन्यवाद ब्यक्त गर्नुभयो ।

देश तथा बिदेशबाट सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी संघ सस्था र दाजुभाइ तथा दिदिबहिनीहरु साथै  राष्ट्रिय तामाङ घेदुङको हरेक गतिविधिहरुलाई बिस्वभर प्रसारणको माध्यम बाट पुर्याई सहयोग पुर्याउनु हुने संचार कर्मीहरुलाई समेत धन्यवाद व्यक्त गर्दै सम्पुर्ण तामाङ समुदायलाई आफ्नो इतिहास बचाउन एक भएर लाग्न अनुरोध समेत गर्नु भयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज