Advertisement

जनजागृति माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा शैक्षिक परामर्श कार्यक्रम

रत्ननगर, चितवन | रत्ननगर १४ पिठुवास्थित जनजागृति माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई, शुभकामना तथा शैक्षिक परामर्श कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ३.६ जिपिएभन्दा माथिको नतिजा ल्याउने २५ जना मेधावी विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

सो अवसरमा एसईई परीक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थीलाई आफूले पढाएको विषयमा सफल गराउन योगदान दिने शिक्षकहरूलाई पनि विद्यालयले सम्मान प्रदान गरेको छ। परिक्षामा अङ्ग्रेजी, नेपाली र कम्प्युटर शिक्षामा शत प्रतिशत उत्तीर्ण भएका छन् भने अन्य सबै विषयमा ९०% बढी विद्यार्थी उतिर्ण भएका छन् । शत प्रतिशत विद्यार्थी उतिर्ण गराई सम्मानित हुनेहरुमा अंग्रेजी विषय तर्फ रोहिणी न्यौपाने, द्रोण नारायण पौडेल, धर्मराज बस्ताकोटी र राजीव पौडेल, नेपाली विषय तर्फ आत्माराम लम्साल, शारदा आचार्य, पुष्प खनाल र कम्प्युटर साईन्स तर्फ सन्दीप श्रेष्ठ छन्।

विद्यालयले एसईई २०८१ मा ९२.६८ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको उल्लेख गर्दै पूर्वी चितवनकै एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार श्रेष्ठले विद्यालयको उपलब्धि र आगामी शैक्षिक योजनाबारे जानकारी गराउँदै प्राप्त नतिजा विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त प्रयासको प्रतिफल भएको बताए।

त्यसैगरी कक्षा ११/१२ का इञ्चार्ज रामचन्द्र खनालले विद्यालयमा कक्षा ११ को भर्ना खुलिसकेको जानकारी गराउँदै कम्प्युटर साइन्स सहित व्यवस्थापन तथा शिक्षा समूह अन्तर्गत नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पठनपाठन सुरु गरिने जानकारी दिए।

कार्यक्रम नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले विद्यालयले देखाएको उत्कृष्ट शैक्षिक प्रदर्शनको मुक्तकण्ठले प्रशंसा गर्दै नगर र पूर्वी चितवनमै गौरवको विषय भएको उल्लेख गरे। विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको शुभकामना दिंदै नगरप्रमुख सापकोटाले विद्यालय र विषय छनौट गर्दा ध्यान दिनुपर्ने बताए । नगरभित्र कोही विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित नहोस् भन्ने सोचका साथ नगरपालिकाले आवश्यक व्यवस्था गरेको भन्दै उनले जनजागृतिको शैक्षिक उन्नयनमा आफु सधै सहयोग गर्न तयार रहेको आश्वासन पनि दिए।

कार्यक्रममा पुर्व प्रअ विनोद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ खनाल, कार्यपालिका सदस्य सानु भण्डारी, पुर्व विद्यार्थी नवराज रिजाल लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा निर्माण व्यवसायी समेत रहेका रिजालले रत्ननगर १४ बसोबास गरेर जनजागृति माविबाट एसईई परिक्षा दिई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद १० हजार सहित सम्मान गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक आत्माराम लम्सालले स्वागत् मन्तव्य राखेका थिए। कार्यक्रम विद्यालयका अर्का सहायक प्रधानाध्यापक तथा सुचना अधिकारी रोहिणी न्यौपानेले संचालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

अविनाश चौधरी, धनगढी, भदौ ३१ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नवपुस्ता (जेनजी) आन्दोलनको क्रममा भौतिक संरचनामा भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज