सरस्वती क्लबको भजन प्रतियोगिताः धार्मिक सेवा समिति प्रथम, भाषा कला संस्कृति द्धितीय

चितवन । महाशिवरात्रीको अवसरमा मंगलबार आयोजित भजन प्रतियोगितामा धार्मिक सेवा समिति मौलाकालिका मन्दिर प्रथम भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित सरस्वती युवा क्लबको आयोजनामा शिवरात्रीको अवसरमा लमजुङ्ग चोकमा भएको प्रतियोगितामा २४ भजन समुहले भाग लिएका थिए । यस्तै प्रतियोगितामा भाषा कला तथा संस्कृति प्रतिष्ठान दोस्रो र सरस्वती बाल क्लबले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा सान्त्वनमा पुरस्कार दुई समुहले प्राप्त गरेका छन । श्री जागृत हरि भजन समुह र कमलपोखरी तथा दुर्गा मन्दिरले सान्त्वना पुरस्कार प्राप्त गरेका हुन् । प्रथम हुनेलाई नगद ३० हजार रुपैंया सहित प्रमाणपत्र, द्धितिय हुनेलाई २० हजार रुपैंया सहित प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्नेलाई १० हजार रुपैयांँ सहित प्रमाण पत्र र सान्त्वना पुरस्कार दुईजनालाई ५ , ५ हजार र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष सुवास सिलवालले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायक मण्डलमा हिरालाल कंडेल, मधुसुदन घिमिरे र अर्जुन सापकोटा रहनु भएको थियो । पुरस्कारको सौजन्य विभिन्न संघसंस्था तथा दाताले गरेका थिए । प्रथम पुरस्कारको सौजन्य ज्ञान ज्योति ईगलिस स्कुल भरतपुर–१४, द्धितिय पुरस्कार सौजन्य भरतपुर १५ का विपिन पौडेल हाल क्यानडा, तृतिय पुरस्कार सौजन्य ड्रिमलाइन कन्स्ट्रक्सन, र सान्त्वना पुरस्कार सौजन्य आर्शिवाद ट्रेड एण्ड सप्लायर्स शान्तिचोकले गरेको छ ।
प्रतियोगिताको उद्धघाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्नुभएको थियो । सो अवसरमा मेयर दाहालले क्लबले धर्म संस्कृति, सम्पदाको रक्षार्थ गरेको कार्यक्रमको प्रसंशा गर्नुभयो । उहांँले क्लबको भवन निर्माणार्थ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्लवका अध्यक्ष सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन शान्ति केसीले गर्नुभएको थियो । धर्म संस्कृति र सम्पदाको जर्गेना एवं संरक्षण गर्ने उद्धेश्य सहित भजन प्रतियोगिता गर्न लागिएको हो ।क्लबले यसअघिपनि थुप्रै सिर्जनात्मक र सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिंँदै जाने अध्यक्ष सिलवालको भनाई छ । वडा नम्बर १४ र १५ का युवाहरुलाई एकीकृत गरी रचनात्मक काम गर्ने उद्धेश्य सहित क्लबको स्थापना २०५० सालमा भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज