काठमाडौँ | मंसिरको ७ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा बाबु–आमा र सन्तानको कथा देखाइएको छ ।
फिल्मको ट्रेलरमा अमेरिका पुगेको छोरा, बाबु र आमाको पीडाको कथा छ । यस्तै, अमेरिका पुगेका श्रीमान् र श्रीमतीबिचको सम्बन्धमा आउने उतारचढाव पनि देखाएको छ । अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा तयार भएको फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, वुद्दि तामाङ, सुचित्रा उप्रेती लगायतका कलाकारहरुको अभिनय छ ।
शंकर घिमिरेको लेखन तथा निर्देशन, अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत छ । फिल्ममा विपिन कार्की बाबु र छोरा दोहोरो भूमिकामा छन् ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।