अबको १० वर्षपछि वृद्ध भत्ता दिन सकिँदैन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए।

उनले अहिले समाज को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिएको बताए। उनले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको उल्लेख गरे। उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको बताए। उनले यस्तै रुपमा अघि बढ्ने हो भने नेपालमा अबको २० वर्षभित्र ५० वर्ष भन्दा माथिको संख्या बढी हुने दाबी गरे। खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए।

उनले भने, ‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ। उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ। तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ। त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन्, अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन।’

मन्त्री पौडेलले अस्पतालहरुले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको बताए। उनले देशमा कुनै पनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताए।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...

एसियाली खेलकुदमा इतिहास बदल्ने लक्ष्यमा नेपाल

नेपालले २०औँ एसियाली खेलकुदमा क्वाटरफाइनलको तगारो पार गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। विगतका तीन संस्करणमा क्वाटरफाइनलमै रोकिए...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

‘पोस्ट डिलिट गर्नुअघि बालेनसँगको च्याट’ भन्दै भाइरल स्क्रिनशट नक्कली

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ शनिबार मध्यरातमा सामाजिक सञ्जालमा गरेको एक पोस्टका कारण हाल विवादमा तानिएका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज