Advertisement

फिरोज तामाङको सभाध्यक्षमा सुनापतिमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

रामेछाप । सुनापति महादेव लहरेमाने संरक्षण समाज तथा हिलेदेबि वडा नं. ३ को समन्वयमा  बडा दशैंको शुभकामना आदानप्रदान तथा बृहत सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । 

सुनापति महादेव लहरेमाने संरक्षण समाजका अध्यक्ष फिरोज तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सुनापति गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं नेकपा माओवादी केन्द्र ३ नं. वडा अध्यक्ष कुल बाहादुर थिङ प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रमका अतिथी वडा नं. ३ का वडा सदस्य डेक बहादुर  खड्का,  वडा सदस्य रजनी मोक्तान,  सुन्तली बि क, सुनापती गाउँपालिका वाईसीएल इन्चार्ज  तुफान लामा, नेपाली काँग्रेस वडा सभापति प्रतापसिंह मोक्तान,  सुनापति खेलकुद विकास समितिका सचिव राजेन्द्र कुमार मोक्तन लगायतका उपस्थिती रहेका थिए ।

सुनापति गाउँपालिका ३ नं. वडा अध्यक्ष बाबुराम तामाङको विशेष कामले उपस्थित हुन नसकिएकोले अध्यक्ष तामाङले कार्यक्रम सफलताको शुभकामना सहित बडा दशैंको शुभकामना व्यक्त गरिएको छ ।

कार्यक्रममा घर आगँनमै आइपुगेको नेपालीहरुको महान चार्ड बडा दशैको शुभकामना दिदै प्रमुख अतिथी वडा सदस्य थिङले सुनापति महादेव लहरेमाने संरक्षण समाजले समाजमा खेलेको भूमिका अतुलनिय रहेको बताएका छन् । उनले सकारात्म सोच भएका युवाहरुलाई जोडेर संस्थाले गरेको समाजिक कामको प्रशंसा गरे ।

यस्तै कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष फिरोज तामाङले बडा दशैको शुभकामना दिदै युवाहरुलाई सकारात्मक दिशा तर्फ अघि बढाउन आफुले सधै सहयोग गर्ने बताएका छन् । उनले संस्थाले महत्वपूर्ण र रचनात्मक काम गरेको र अझै पनि युवाहरुलाई जोड्दै अगाडि बढ्ने सुझाव दिए ।

हिलेदेबि, साँधी डाँडामा भएको शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा रोज मोक्तान, हरि कर्मचार्य, अभिषेक तामाङ, रेश्मा बोम्जन, प्रमोद मोक्तान लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज