Advertisement

युवा समाजवादको सेना बन्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उहाँको भनाइ थियो । समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा(एमाले)सँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उहाँको तर्क थियो । 

ठूलो मेहेनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।” उहाँले अगाडि भन्नुभयो, “अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ । यसतर्फ युवा सचेत हुन आवश्यक छ ।” अर्को प्रसङ्गमा उहाँले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगबाट समय, खर्चलाई कटौती गरेर कार्यक्रम गर्न सकिन्छ भन्ने पुष्टि वाइसिएले गरेको छ । यो एउटा प्रेरणा र शिक्षाको रुपमा रहनेछ, यसका लागि वाइसिएललाई धन्यवाद, नेपालको कम्युनिष्ट आन्दोलनमा विज्ञान प्रविधिको प्रयोगको हिसाबमा यो भेला एउटा माइलस्टोन हुनेछ ।” भेलामा बसिराख्दा आफू विसं २०३८ मा भारतको काशीनगर भन्ने ठाउँमा भएको युवा भेलामा आफू युवाको नेताको रूपमा सहभागी भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “यो ४० वर्षको समीक्षा मैले गरेको छु ।” 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज