माओवादी स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता भई अगाडि बढ्ने

काठमाडौँ  ।  नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको हो ।     

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा चुनावी गठबन्धन र पार्टी एकतासमेत भएको थियो । एकता प्रक्रिया तीन वर्ष पूरा नहुँदै टुटेपछि नयाँ आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने माओवादीले निष्कर्ष निकालेको छ । विचार मिल्ने सबै वामपन्थी पार्टी र समूहसँग सहकार्य गर्दै एकताको प्रक्रिया अगाडि बढाउने बैठकको निष्कर्ष रहेको माओवादीले जनाएको छ ।     

बैठकले पार्टीका विभागीय प्रमुख तोकेको छ । जिल्ला इन्चार्ज तोक्ने जिम्मा भने प्रदेश समितिलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय समितिको बैठकको दिशानिर्देशअनुसार आज विभागीय प्रमुख, प्रदेश प्रमुख तोकिएको हो ।     

माओवादीले सात प्रदेशका इन्चार्ज र अन्य विभागका प्रमुख तोकेर पार्टी सङ्गठनको कामलाई प्रभावकारी बनाउन लागिएको जनाएको छ । माओवादीले जिल्ला समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरेको छ । सोही आधारमा जिल्ला इन्चार्ज तोकेको छ ।     

त्यस्तै, केही जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । केन्द्रीय प्रतिनिधिले पार्टी सङ्गठनको काम सम्हाल्नेछ । माओवादीले सङ्घीय, प्रदेश र स्थानीय समिति बढी कामकाजी बनाउन लागेको छ । जिल्ला समितिलाई प्रदेश र स्थानीय तहको समन्वय गर्ने जिम्मा मात्रै दिइएको छ । यस्तै, माओवादी छाडेर एमाले प्रवेश गरेका नेताको सट्टामा अन्य नेतालाई जिम्मेवारी दिएर परिपूर्ति गरिएको छ । यस्तै, माओवादीले वडा, पालिका र प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । अधिवेशनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार पार्ने काम जारी रहेको छ । ती तयार भएपछि तल्ला तहमा पठाइने छ । 

त्यसैगरी माओवादीले ‘प्रतिगमन’प्रति सचेत रहँदै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधिको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रित गर्न सिङ्गो पार्टी कमिटीलाई निर्देशित गरिएको जनाएको छ । फरक एक प्रसङ्गमा प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगले नयाँ दल दर्ताको प्रक्रिया सम्पन्न गरेलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।     

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रमिष प्रसाईंले बजारमा प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढी | बिहीबारदेखि बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ की ११ वर्षीया सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उ...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज