Advertisement

Day: १० आश्विन २०८२, शुक्रबार

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ भागसम्म पुगेको छ । यसको प्रभाव रुसका प्रमुख बन्दरगाहहरूबाट इन्धन निर्यातमा समेत परेको छ । यसैबीच, रुसले डिजेल र पेट्रोलको निर्यातमा आंशिक कटौतीको घोषणा गरेको छ । कटौती यो वर्षको अन्त्यसम्म लागु हुने जनाइएको छ । उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बिहीबार यो घोषणा गरेका हुन् । नोभाकले भने, “हामी पेट्रोल निर्यातमाथिको कटौतीलाई वर्षको अन्त्यसम्म बढाउनेछौँ । साथै, डिजेल इन्धनका गैरउत्पादकका निम्ति निर्यातमाथि पनि प्रतिबन्ध लगाइनेछ । यसबाट घरेलु बजारमा पेट्रोलियम उत्पादनको आपूर्ति बढ्नेछ ।” उनले देशमा तेल उत्पादनमा केही कमी आए पनि हालको भण्डारले माग धान्न सक्ने उल्लेख गरे । रुसको नियन्त्रणमा रहेको क्राइमियाका प्रमुख सर्गेई अक्स्योनोभले रिफाइनरी बन्द ह...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

Breaking News 1, समाचार
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित ब्युरोको कार्यालयमा तोडफोड गरेका थिए । ब्युरोको आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेको कागजात प्रदर्शनकारीले जलाएका थिए । सीआईका अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने बताएका छन् । ब्युरोको अनुगमन पछि अर्यालले भने, ‘अब ब्रेक थ्रु हुन्छ ।’ मन्त्रिपरिषद्ले सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीलाई सरुवा गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गरेका केसीले जिम्मेवारी समालेपछि ब्युरोमा पुगेका अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका वित्तीय अपराध र भ्रष्टाचारको अनुसन्धानमा अघि बढ्ने बताए । उनले भने, ‘राजनीतिक कनेक्सनको आधारमा अवरोध आइरहेको अनुसन्धान अघि बढ्छ ।’ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज