रास्वपा खैरहनी नगर समितिको अधिबेशन सम्पन्न
चितवन - रास्ट्रिय स्वतन्त्र पाटी खैरहनी नगर समितिको सभापतिमा राज सिलवाल चयन भएका छन् । बिहीबार सम्पन्न प्रथम नगर अधिबेशनले सिलवालको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । सभापति सहित अन्य पद सर्वसम्मत भए पनि उपसभापति र सचिव चयनका लागि भने निर्वाचननै भएको छ । उपसभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो । उपसभापतिमा निर्वाचित बाबुराम रिजालले ९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि सारदा खडकाले ५३ मत मात्र पाए ।
सचिवमा पनि दुई जनाको उम्मेदवारी परेको थियो । वर्तमान सचिव समेत रहेका उत्तम अधिकारीले सुरेन्द्र तिवारीलाई पराजित गरे । अधिकारिले ११० मत पाउँदा तिवारीले ३४ मत मात्र प्राप्त गरे । कुल २१८ प्रतिनिधि रहेपनी निर्वाचनमा १४७ जना मात्र उपस्थित थिए । समितीको सहसचिवमा भवानी प्रसाद रखाल चयन भए । खुल्ला सदस्यमा पदम चुवान, राजाराम खरेल,प्रदीप सापकोटा ,महिला सदस्यमा सुलोचना अधिकारी ,सीता ब...












