‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि रुपन्देहीका कृष्ण न्यूरेले जिते
काठमाडौं । राजधानीमा मंगलबार सम्पन्न पुरूष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि रुपन्देहीका कृष्ण न्यूरेले जितेका छन् । पछिल्लो समय अमेरिका बस्दै आएका न्यूरे यो प्रतियोगिताको लागि नेपाल आएर अडिसनमा सहभागि भएका थिए ।
ग्राण्ड फिनालेको लागि अन्तिम प्रतिस्पर्धामा छनोट भएका उत्कृष्ट २० सहभागीबाट विजेता घोषित गर्दा ‘टप फाइभ’ छानिएको थियो । विजेता बनेका न्यूरेले नगद पुरस्कार ७ लाख रुपैयाँ र विनर ट्रफी हात पारे भने थाइल्याण्डमा हुने ‘म्यान अफ दि इयर’ ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अबसर पनि आफ्नो पक्षमा पारेका छन् ।
विजेतालाई कार्यक्रमका ब्राण्ड एम्बास्डर तथा निर्णायक अभिनेता अनुपबिक्रम शाही, कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकार, कार्यक्रम निर्देशक संसद शाह र कार्यकारी निर्देशक स्विकृति प्याकुरेल, निर्णायकद्वय राजभाइ सुवाल र करण वैधले पुरस्कारसहित ट्रफ...












