Advertisement

Breaking News 1

राजीनामा दिएकालाई शिक्षा, बर्खास्तमा परेकालाई अर्थ

राजीनामा दिएकालाई शिक्षा, बर्खास्तमा परेकालाई अर्थ

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई प्रतिनिभिसभा अन्तर्गतको शिक्षा समिति सदस्य चयन भएकी छन् । गत सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएकी उनलाई आजको बैठकले समिति सदस्यमा चयन गरेको छ । त्यस्तै, बर्खास्तीमा परेका निवर्तमान ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पनि अर्थ समितिमा अटाएका छन् । सभामुख देवराज घिमिरेले विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर तथा थप गरिएकोबारे जानकारी गराएपछि सांसदहरुले टेबल ठोकर अनुमोदन गरेका हुन् ।...
नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

Breaking News 1, अर्थ, समाचार
चितवन । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा) को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर रु चार सय ५० पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो । सङ्घको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए । एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु द...
प्रधानमन्त्री ओलीले चैत १८ गते सदनमा जवाफ दिने

प्रधानमन्त्री ओलीले चैत १८ गते सदनमा जवाफ दिने

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गते सदनमा सम्बोधन गर्ने भएका छन्। विपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले विपक्षी दलले उठाएका विषयमा चैत १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएको बताए। विपक्षी दलको मागअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउँदा पनि शुक्रबार सदन खोल्न विपक्षी तयार नभएको उनले बताए। आइतबारदेखिको बैठक भने चल्न दिने गरी सहमति भएको उनले जानकारी दिए। कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ। विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने तयारी गरेका हुन्।...
नेकपा एकीकृत समाजवादीको कार्यालय राजावादीले जलाए

नेकपा एकीकृत समाजवादीको कार्यालय राजावादीले जलाए

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
राजावादीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगो लगाएका छन् ।
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

Breaking News 1, ताजा अपडेट, समाचार
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो । घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए ।
प्रधानमन्त्री ओली, पूर्वप्रमद्वय देउवा र प्रचण्ड एकसाथ उद्घाटनमा

प्रधानमन्त्री ओली, पूर्वप्रमद्वय देउवा र प्रचण्ड एकसाथ उद्घाटनमा

Breaking News 1, ताजा अपडेट, राजनीति
नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर; प्रदीपराज वन्त / रासस...
कारागारका कैदीबन्दी आयआर्जनमा

कारागारका कैदीबन्दी आयआर्जनमा

Breaking News 1, अर्थ, बागमती, समाचार
चितवन। जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२ कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन् । कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् । यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरकडसना बनाउनेलगायतका काममा उनीहरू लागेका छन् । उनीहरूले मासिक रु सातदेखि १५ हजारसम्म कमाउने गरेका छन् । कारागारमा कैदी जीवन बिताइरहनुभएका सानु चेपाङले भने, “मैले गलैँचा ब...
परराष्ट्रमन्त्री र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

परराष्ट्रमन्त्री र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

Breaking News 1, समाचार
परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका मन्त्री राणाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन्। भेटका अवसरमा परराष्ट्रमन्त्री देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहिआएको बताइन्। उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरिन्। मन...
रत्ननगर–१ मा खानेपानीको महसुल निःशुल्क गर्ने घोषणा

रत्ननगर–१ मा खानेपानीको महसुल निःशुल्क गर्ने घोषणा

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१ ले आफ्नो वडावासीलाई खानेपानीको आधारभूत महसुल निःशुल्क गर्ने घोषणा गरेको छ । रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले वडावासीलाई स्थानीय सरकारको महसुस हुनेगरी आगामी चैत १ गतेदेखि रत्ननगर खानेपानी उपभोग गरेबापत सम्पूर्ण वडावासीलाई आधारभूत महसुल निःशुल्क गर्ने घोषणा गरेका हुन् । वडा कार्यालयमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष सापकोटाले वडाभित्र खानेपानीको उपभोग गरिरहेका एक हजार ३४ परिवारका लागि न्यूनतम शुल्क ८० रुपैयाँका दरले मासिक ८२ हजार ७२० रुपैयाँ निःशुल्क गर्ने घोषणा गरे । कुल एक हजार ३४ परिवारका लागि वार्षिक नौ लाख ९२ हजार ६४० रुपैयाँ खर्च हुने उनले जानकारी दिए । https://youtu.be/aRBVBHGEHDo वडाध्यक्ष सापकोटाले चालु आर्थिक वर्षमा पूर्वनिर्धारितरुपमा बजेट स्रोतको व्यवस्थापन नभए पनि अन्य स्रोतबाट आन्तरिक व्यवस्थापन गरी वडाव...
संघीय निजामती सेवा विधेयकमा सहमति खोज्न उपसमिति गठन गरिएको सभापति खतिवडाले बताए।

संघीय निजामती सेवा विधेयकमा सहमति खोज्न उपसमिति गठन गरिएको सभापति खतिवडाले बताए।

Breaking News 1, ताजा अपडेट, समाचार
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा सहमति खोज्न ११ सदस्यीय उपसमिति गठन गरेको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न शुक्रबार बसेको बैठकमा विधेयकको दफाहरूमा सहमति जुट्न नसकेपछि उपसमिति गठन गरिएको हो। सांसद दिलेन्द्र बडूको संयोजकत्वमा गठित उपसमितिलाई विवादित विषयमा सहमति खोज्न एक महिनाको समय दिइएको छ। उपसमितिमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ल र हितराज पाण्डे रहेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। उपसमितिलाई सहमति जुट्न नसकेका विषयमा सहमति जुटाइ प्रतिवेदन पेस गर्न भनिएको छ। एउटा दफामा पनि सहमतिमा जुट्न नसकेपछि समस्या देखिएकाले विधेयकलाई सहमतिमार्फत छिटो...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज