पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध
Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। महोत्तरीको बर्दिबासमा जारी महाधिवेशनमा अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्। यसअघि उनी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष थिए।
नेपाली लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय शर्माले अब प्रतिष्ठानको नेतृत्व गर्नेछन्। उनको निर्विरोध चयनसँगै लोकसङ्गीत क्षेत्रका कलाकार तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।...










