Advertisement

Day: ११ आश्विन २०८२, शनिबार

प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती प्रदेश सरकारको निर्णय

प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती प्रदेश सरकारको निर्णय

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
हेटौंडा । बागमती प्रदेश सरकारले जेनजी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयका लागि मोटरसाईकल उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । जेनजी प्रदर्शनको क्रममा प्रदेशभित्रका प्रहरी कार्यालयहरूको सवारीसाधनमा क्षति पुगेको छ । चाडपर्वको समयमा सुरक्षा चुनौतीको संवेदनशीलतालाई ध्यानमा राखेर मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेका हौं । मन्त्री तामाङले अनलाइनखबरसँग भने । सरकले बागमती प्रदेशका इलाका प्रहरी कार्यालयहरूका लागि ३० वटा, उपत्यका प्रहरीको लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीको लागि २५ वटा गरी ८५ वटा २ पाङ्ग्रे सवारीसाधन दिने निर्णय गरेको हो । आर्थिक मामिला मन्त्रालयले शुक्रबार मोटरसाइकल खरिदका लागि सहमति दिइसकेक...
धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

धनगढीमा बिहीबारदेखि बेपत्ता बालिका मृत फेला

Breaking News 2, समाचार, सुदूरपश्चिम
धनगढी | बिहीबारदेखि बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ की ११ वर्षीया सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार उनी शुक्रबार मोहना नदीमा मृत अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार साँझ करिब ४ बजेतिर हराएकी सुमित्राको खोजी गर्न परिवारले खबर गरेपछि अनुसन्धान सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, जानकारी पाएलगत्तै खोजी कार्य अघि बढाइएको थियो र त्यस क्रममा बालिका मृत अवस्थामा भेटिएकी हुन्। प्रहरीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा फेला परेको थियो। उनका कपडा र चप्पल भने घटनास्थलदेखि करिब दुई सय मिटर टाढा भेटिएका थिए। शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको प्रहरीले जनाएको छ।शवलाई पोष्टमार्टमका लागि पठाइएको छ र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य सार्वज...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

Breaking News 1, शिक्षा, समाचार
काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतबासम्म शिक्षकरूको तलब नदिए विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले दसैँ, तिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन निर्देशन दिएका हुन्। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने मन्त्री पुनले चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना–दसैँ तथा तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज