पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन
रत्ननगर, चितवन ।रत्ननगर–३ मा रहेको पूर्वी चितवन कर्वडहलको सञ्चालक संस्था पूर्वी चितवन स्पोर्टस क्लबको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट सुरज न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट न्यौपाने २ वर्षको लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
सो अधिवेशबाट वरिष्ठ उपाध्यमा कपिल श्रेष्ठ, उपाध्यक्षमा लोसान तमाङ्, सचिवमा महेश पाण्डे, कोषाध्यक्षमा श्यामकृष्ण शर्मा, सह–सचिवमा बद्र्री आचार्य, सह–कोषाध्यक्षमा आकाश श्रेष्ठ, सदस्यहरुमा क्रमशः ईश्वर श्रेष्ठ, लेख बहादुर पुन, बिष्णु श्रेष्ठ, सुस्मा भुजेल सर्वसम्मत चयन भएका छन् । १३ सदस्यि रहेको कार्यसमितिमा बाँकी २ जना भने कार्य समितिले मनोनयन गर्ने क्लबका अध्यक्ष न्यौपनेले जानकारी दिए ।
सो सभामा संस्थाका निर्वतमान अध्यक्ष राजकुमार पुरीले संस्थाको प्रगति प्रतिवदेन, कोषाध्यक्ष कपिल श्रेष्ठले आर्थीक प्रतिवेद...











