गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न छुट्टै कम्पनी बनाइनेः बैंकको लाभांश क्षमता बढ्ने, लगानीकर्ता उत्साहित
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुका लागि टाउको दुखाईको विषय बनिरहेको गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जाको अब व्यवस्थापन हुने भएको छ ।
बैंकर तथा निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जामा गणना हुन आउने धितो(सम्पत्ति)हरुको व्यवस्थापनका लागि अलग्गै कम्पनी स्थापना हुने सरकारले घोषणा गरेको हो ।
शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गैरबैंकिङ सम्पत्ति तथा खराब कर्जा व्यवस्थापनका लागि अलग्गै कम्पनी स्थापना गरिने घोषणा गरे ।
यस्तो कम्पनीले बैंकहरुको खराब कर्जा बढाउने मुख्य कारक बनेका सम्पत्तिको व्यवस्थापन गरिदिने र यसले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्यमा आमूल सुधार आउने अपेक्षा गरिँदै आएको छ । पछिल्लो समय बैंकहरुको लाभांश क्षमतामा गम्भीर ढंगले हिट गरिरहेको गैरबैंकिङ सम्प...











