रत्ननगर–१ मा खानेपानीको महसुल निःशुल्क गर्ने घोषणा
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१ ले आफ्नो वडावासीलाई खानेपानीको आधारभूत महसुल निःशुल्क गर्ने घोषणा गरेको छ ।
रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले वडावासीलाई स्थानीय सरकारको महसुस हुनेगरी आगामी चैत १ गतेदेखि रत्ननगर खानेपानी उपभोग गरेबापत सम्पूर्ण वडावासीलाई आधारभूत महसुल निःशुल्क गर्ने घोषणा गरेका हुन् । वडा कार्यालयमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष सापकोटाले वडाभित्र खानेपानीको उपभोग गरिरहेका एक हजार ३४ परिवारका लागि न्यूनतम शुल्क ८० रुपैयाँका दरले मासिक ८२ हजार ७२० रुपैयाँ निःशुल्क गर्ने घोषणा गरे । कुल एक हजार ३४ परिवारका लागि वार्षिक नौ लाख ९२ हजार ६४० रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।
https://youtu.be/aRBVBHGEHDo
वडाध्यक्ष सापकोटाले चालु आर्थिक वर्षमा पूर्वनिर्धारितरुपमा बजेट स्रोतको व्यवस्थापन नभए पनि अन्य स्रोतबाट आन्तरिक व्यवस्थापन गरी वडाव...











