Advertisement

Day: ८ आश्विन २०८१, मंगलवार

जिबी र छविको आडमा रविको चलखेल सहकारीको रकम ससुरालीसम्म

जिबी र छविको आडमा रविको चलखेल सहकारीको रकम ससुरालीसम्म

समाचार
काठमाडौँ | सहकारीको रकमबाट रवि लामिछाने र उनी संलग्न रहेको कम्पनीले राजस्व छली गर्नेदेखि ससुरालीको कम्पनीलाई अनधिकृत रूपमा भुक्तानीसम्म गरेका देखिएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाको सेयर खरिद–बिक्रीमा रवि लामिछानेले राजस्वसमेत छली गरेको र उद्धव पौडेल सञ्चालक रहेको गोपीकृष्ण मुभिजको नाममा समेत पेस्की रकम दिई अपचलन गरेको पाइएको छ। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा कम्पनीमा सेयर खरिद–बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी किर्ते रूपमा तयार गरिएको उल्लेख गर्दै आयकर दाखिला नगरेको उल्लेख छ। ‘देखावटी कागजलाई समेत कम्पनी रजिस्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको भनाइसमेतबाट देखिन्छ। त्यसले एकातर्फ क...
फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउदै

फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउदै

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फेन्टिनो नेपाल भ्रमणमा आउने भएका छन् । दक्षिण एसियाली देशहरुको भ्रमणको दौरान फिफा अध्यक्ष इन्फेन्टिनो नेपाल आउने भएका हुन् । इन्फेन्टिनो असोज २० गते नेपाल आउने तयारी भएका अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीले खेलपाटीलाई बताए । फिफा अध्यक्ष नेपाल आउने पक्का भएको छ । दक्षिण एसियाली देशको भ्रमणको दौरान उहाँ नेपाल पनि आउनुहुनेछ ।’ ती पदाधिकारीले भने । इन्फेन्टिनो दुई दिने भ्रमणको क्रममा नेपाल आउनेछन् । २० गते नेपाल आएर २१ गते फर्कनेछन् । इन्फेन्टिनोको नेपाल भ्रमणको अन्य तालिका टुङ्गो लागिसकेको छैन । तर इन्फेन्टिनोको नेपाल भ्रमण अघि उनको टिमले नेपाल आएर भ्रमणको तालिका र अन्य विषयको टुङ्गो लगाउने एन्फा पदाधिकारीले बताएका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज