Advertisement

कोशी प्रदेश

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

कोशी प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण गरिएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गरिने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहमा सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएको उनको सचिवालयले जानकारी गराएको छ । नेपाली धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको भन्दै उनले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका निम्ति सरकारले ध्यान दिएको बताए । प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यो क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट पारे । उक्त समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।...
मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

कोशी प्रदेश, ट्रेन्डिङ, समाचार
खोटाङ | सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिनुभयो । “रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ”, उहाँले भन्नुभयो, “गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको ...
माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

कोशी प्रदेश, समाचार
सिमकोट | माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दशैका लागि सरसफाइ गर्न घर लिपपोत गर्नका लागि माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो। ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको र एक जना घाईते भएको प्रहरी निरीक्षक सुरेश सुबेदीले बताए। मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका रोजगार शाखाका २४ वर्षका प्राबिधिक धुर्ब शाही र सोही वडाकी करिव २४ वर्षीय सरा मल्ल रहेको उनले बताए। त्यसैगरी माटोको ढिस्कोमै पुरिएर सो वडाकी वर्ष २६ का लालबहादुर शाही घाइते भएका छन्। माटोको ढिस्कोमा पुरिएको साल निकाल्ने कार्य भइरहेको स्थानीय गोपाल बुढाले बताए। उनका अनुसार यो घटना अहिले बिहान भएको हो। दशैको अवसरमा घरआँगन सफा गर्नको लागि माटो निकालेर घर लिपपोत गर्ने गरिन्छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज