Day: २२ आश्विन २०८३, बिहीबार

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

Breaking News 1, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति
काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्रसमेत प्राप्त गरेको जनाएको छ। पार्टीले आगामी मंसिर ७ गते झापाको दमकमा औपचारिक घोषणा कार्यक्रम गर्ने जनाएको छ। घोषणा कार्यक्रममा पार्टीको राजनीतिक दृष्टिकोण र आगामी कार्यदिशाबारे जानकारी गराइने बताइएको छ। ‘नेपाल पथ पार्टी’ले आफूलाई **‘नेपाल र नेपालीको पार्टी’**का रूपमा प्रस्तुत गरेको छ। पार्टीले राष्ट्रवादी धारमा विश्वास राख्ने नेपालीसहित उद्योगी–व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई देश र जनताको हितमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ। त्यसैगरी पार्टीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका पूर्वराष्ट्रसेवक तथा राष्ट्रसेवकहरूलाई राष्ट्रिय एकता, सुशासन, शान्ति र समृद्धिका लागि सहकार्य गर्न आग्रह गरेको छ। पार्टीले देश जोगाउन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज