Day: ३१ भाद्र २०८३, बुधबार

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

बजारमा चर्को मूल्यवृद्धि र सार्वजनिक यातायातको अव्यवस्थाप्रति सांसद प्रसाईंको ध्यानाकर्षण

ताजा अपडेट, बागमती, ब्यापार, समाचार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रमिष प्रसाईंले बजारमा प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। संसद्मा बोल्दै प्रसाईंले आफ्नै सरकारको कार्यकालमा समेत बजारमा मूल्यवृद्धि भएको उल्लेख गर्दै नयाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे। उनले नयाँ मन्त्रीबाट विगतकै शैली दोहोरिने नभई बजार नियमनमा नयाँ ढंगको कामको अपेक्षा रहेको बताए। प्रसाईंले राजधानीका सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राखेर ओसारपसार भइरहेको विषयसमेत उठाए। दैनिक यात्रुले भोगिरहेको समस्याप्रति गृह मन्त्रालय र यातायात मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै उनले राजधानीमै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न राज्यको क्षमता कमजोर भएको हो कि भन्दै प्रश्न गरे।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज