श्री सिद्धेश्वर महादेव मन्दिरमा महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै
रत्ननगर, साउन १ । पूर्वी चितवनको रत्ननगर–९ प्रगतिटोल स्थित श्री सिद्धेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ ।
श्री सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा मन्दिर परिसरमा द्वादश ज्योर्तिलिङ्ग, १०८ शिवलिङ्ग स्थापना एवम् धर्मशाला सत्तल, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ यही साउन ४ गतेदेखि १३ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण महतोले जानकारी दिए ।
महायज्ञमा समाजसेवी पण्डित दिपक प्रसाद पौडेलको मुखार विन्दबाट संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, कथा प्रवचन, श्रवण मेला बोलबम उत्सव–२०८२ सञ्चालन हुने उनले बताए ।
रत्ननगरको उजागरका लागि विभिन्न समयमा महायज्ञ सञ्चालन गरिएको भन्दै मन्दिर समितिका उपाध्यक्ष तथा कार्यक्रम उप संयोजक रामु पौड...










