गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
नयाँ दिल्ली । पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी सो प्रतिक्रिया दिएका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने- ‘पाकिस्तानले पछिल्ला केही घण्टादेखि युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको छ। भारतीय सेनाले आक्रमणको जवाफ दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो आक्रमण अत्यन्तै निन्दनीय छ । यसको लागि पाकिस्तान जिम्मेवार छ।’
पाकिस्तानले भारतीय सीमामा प्रवेश गर्न चाहेको समेत मिश्रीले बताए । उनले आफूहरूले पनि भारतीय सेनालाई आक्रमणका लागि स्वतन्त्रता दिएको बताएका छन् ।
‘हामी विश्वास गर्छौँ कि पाकिस्तानले परिस्थितिलाई स्पष्ट रूपमा बुझ्नुपर्छ र यो आक्रमण रोक्न तुरुन्तै र उपयुक्त कदम चाल्नुपर्छ’ उनले भने । विदेश सचिव मिश्रीले भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको सम...










