Day: २९ पुष २०८१, सोमबार

खैरहनीमा आजदेखि खिचरा महोत्सव

खैरहनीमा आजदेखि खिचरा महोत्सव

ब्यापार, मनोरञ्जन
पूर्वी चितवनको खैरहनीमा आज सोमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ को आयोजनामा हुने सो महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय शाझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए । १५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज