Advertisement

मधेस प्रदेश

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

मधेस प्रदेश, समाचार
सिराहा । आफ्नै वुवा ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा औरही गाउँपालिका-३ खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता

रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता

ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश
रौतहट । रौतहट स्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एकजना गैरआवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सिडियो हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् । फकरुदिन अलिअहमद शेखले रौतहटको गढिमाई नगरपालिका ३ साविक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरि गैर आवासिय नागरिकता प्रमाणपत्र लिएका छन् । नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासिय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन्। प्रशासनबाट सहजरुपमा गैर आवासिय नेपाली नागरिकता प्राप्त भएपछी जर्मनी नागरिक अली खुसी संगै आभार प्रकट गरेका थिए ।...
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

Breaking News 1, मधेस प्रदेश, शिक्षा, स्वास्थ्य
महोत्तरी | विगत एक सातादेखि गर्मी बढेपछि महोत्तरीका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्। बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले मंगलबारदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन्। अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन्। ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु मंगलबारदेखि लागू हुनेगरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले बताए। मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए। महोत्तरी गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयहरुमा शनिबारसम्मका लागि बिदा दिएको छ। बर्दिबास नगरपालिकाले गर्मीलाई दृष्टिगत गरी मंगलबारदेखि चार दिनका लागि नगरभित...
मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज निर्वाचन हुँदै

मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज निर्वाचन हुँदै

अर्थ, ट्रेन्डिङ, मधेस प्रदेश, राजनीति, समाचार
जनकपुरधाम | मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि शुक्रबार निर्वाचन हुन लागेको छ। मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरुमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन सभामुख रामचन्द्र मण्डलद्वारा शुक्रबार साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यस समितिका सभापति जनमत पार्टीका सांसद सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ। जसअनुसार, बिहान १० बजेदेखि ५ बजेसम्म समितिका सदस्यहरुबाट मनोनयन दर्ता गर्ने तालिका रहेको उपसचिव विपिनकुमार ठाकुरले जानकारी दिए। अपराह्न साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ६ बजे सभापति पदको निर्वाचन हुने ठाकुरले बताए। निर्वाचन प्रदेशसभाको अर्थ तथा योजना समित...
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

मधेस प्रदेश, समाचार
काठमाडौं । प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई  सोमबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज