सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता
काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको छ। काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित चौथो APAC IPv6 Council बैठकको अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौतामा सुबिसुका CEO विनय मोहन श्रेष्ठ र APAC IPv6 Council का अध्यक्ष प्रो. डा. सुमित्रा रामदासले हस्ताक्षर गरेका हुन्। यो सहकार्यले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।
सम्झौता अनुसार दुई संस्थाबीच प्राविधिक ज्ञान आदान–प्रदान, संयुक्त प्रकाशन, विशेषज्ञ सहयोग तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ। साथै, सुबिसुले APAC IPv6 Council मा संस्थागत सदस्यको रूपमा सहभागिता जनाउने अवसर पनि प्राप्त गरेको छ।
सुबिसुका CEO श्रेष्ठले यस सहकार्यले नेपाललाई एशिया–प्रशान्त क्षेत्रको प्रविधि नक्सामा थप मजबुत बनाउने विश...











