कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे
काठमाडौँ । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ ।कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आव २०७६/०७७ को प्रक्षेपित आम्दानी रु १० अर्ब ५४ करोड ४१ लाखभन्दा उक्त आवमा ४३ प्रतिशत र आव २०७७/०७८ मा ७२ प्रतिशत न्यून हुन पुगेको छ । विसं २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण यसब...


















